२०८२ श्रावण २७, सोमबार

बस र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

बस र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

२४ साउन धरान / सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जंगल सडकमा शनिबार (साउन २४) बस र स्कुटर एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । इटहरी–धरान सडकखण्डमा सवारी दुर्घटना भएको हो ।

इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको को२२प २१२५ नम्बरको स्कुटर ठोक्किएको हो । दुर्घटनामा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका–५ का सुजन विक र त्यसमा पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।
घाइते दुवैको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो १२ः३० बजे मृत्यु भएको जिप्रका सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस