
पुस २३, काठमाडौं / नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।निर्वाचन आयोगका अनुसार १८ सिटका लागि हुन लागेको निर्वाचनमा आजै उम्मेदवार दर्ता गर्ने कार्यक्रम रहेको छ । आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति भने भइसकेको छैन ।
एक पदाधिकारीका अनुसा कोशीमा रोशनी मेचे, बाग्मतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा राम कुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सदूर पश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एक सिटमा भने सरकारले मनोनीत गर्नेछ । कांग्रेस एमाले र नेपाल कम्युनिस्ट पार्टी र जसपा नेपाल जसपाबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बनाउने तयारी छ । गठबन्धन अनुसार एमालेले सात, कांग्रेसले सात, नेकपाले ३ र जसपा नेपाल तथा लोसपाले एक/एक सिट पाउने समझदारी भएको छ र यसका बारेमा आजै टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।