२०८२ मंसिर ५, बिहिबार

एमाले संसदीय दलको बैठक आज : संसद विघटनको संवैधानिक परीक्षणमा जाने विषयमा छलफल हुने

नेकपा एमालेले आज विघटित संसदीय दलको बैठक बोलाएको छ ।
एमाले संसदीय दलको बैठक आज : संसद विघटनको संवैधानिक परीक्षणमा जाने विषयमा छलफल हुने

२ मंसिर काठमाडौं / नेकपा एमालेले आज विघटित संसदीय दलको बैठक बोलाएको छ । दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा दलको बैठक बस्न लागेको हो ।

एमाले दल स्रोतका अनुसार असंवैधानिक तरिकाले विघटन गरिएको संसदलाई पुनर्स्थापना गर्नुपर्ने नेकपा एमालेको मागलाई थप शसक्त बनाउन दलको बैठक बोलाइएको हो । विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टीले असंवैधानिक ठहर गरेको संसद विघटन र पुनर्स्थापनाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले साँसदहरुलाई जानकारी गराउनुहुनेछ । संसद विघटनको संवैधानिक परीक्षण बाँकी रहकोले त्यसका लागि दल वा साँसद अदालतमा जाने विषयमा पनि आजको छलफल केन्द्रित हुने बर्तौलाले जानकारी दिनुभयो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस