२०८२ श्रावण २, बिहिबार

एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पद खारेज हुने

पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको वरिष्ठ उपाध्यक्ष पद नै खारेज हुने भएको छ ।
एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पद खारेज हुने

१ साउन काठमाडौँ / पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको वरिष्ठ उपाध्यक्ष पद नै खारेज हुने भएको छ । आज बस्ने एमालेको केन्द्रीय सचिवालयको बैठकले पार्टीमा वरिष्ठ उपाध्य पद नै नरहने गरि विधानमा संशोधनको निर्णय गर्न लागेको हो ।

आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने निर्णय गर्न लागेको एमालेका एक नेताले बताए ।
‘वरिष्ठ उपाध्यक्ष पद हटाएर पार्टीको विधान संशोधन गर्न लागिएको छ । त्यो निर्णय आजको सचिवालय बैठकबाट हुन्छ,’ एमालेको विधान संशोधनबारे भइरहेको छलफलका जानकार ती नेताले भने, ‘यो व्यवस्थासहितको विधान आगामी महाधिवेशनपछि लागू हुन्छ ।’

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । एमालेमा पछिल्लो समय ७० वर्षे उमेर हद र अध्यक्षको २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ ।

आजको सचिवालय बैठकमा विधानमा हुने संशोधनका विषयमा छलफल हुने एजेण्डा छ । नयाँ संशोधित विधान आजको सचिवालय बैठकले पारित गर्ने तयारी छ । एमालेले यस्तो निर्णय गरे आगामी महाधिवेशनबाट ईश्वर पोखरेल एमालेको राजनीतिबाट पाखा लाग्नुपर्ने अवस्था सिर्जना हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस