
पुस २३, काठमाडौँ / अबदेखि अमेरिकाको भिसा आवेदनमा नेपालीले पनि धरौटी राख्नुपर्ने नयाँ नियम लागु हुने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाललाई भिसा बन्ड लागू हुने देशको सूचीमा समावेश गरेको हो ।
यो नयाँ नियम जनवरी २१ देखि कार्यान्वयन गर्ने भएको छ। अब नेपाली नागरिकले अमेरिका भ्रमणका लागि बी–१/बी–२ (पर्यटक वा व्यावसायिक) भिसा लिँदा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ भएको छ ।
तोकिएको समयमै अमेरिका छोडेमा, भिसा नियम नतोडेमा र तोकिएका ३ विमानस्थलबाट मात्र आवत–जावत गरेमा धरौटी रकम फिर्ता हुनेछ। तर भिसा म्याद नाघेमा वा शरण (असाइलम) मागेमा रकम जफत हुनेछ।