२०८२ अषाढ ६, शुक्रबार

भारत–पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयलको यस्तो अपिल

भारत र पाकिस्तानबीच जारी तनावबारे अमेरिकाले दुवै देशले एकअर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने बताएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २६, शुक्रबार
भारत–पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयलको यस्तो अपिल

२६ वैशाख काठमाडौं / भारत र पाकिस्तानबीच जारी तनावबारे अमेरिकाले दुवै देशले एकअर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने बताएको छ । आक्रमणले कुनै समाधान नदिने अमेरिकाको भनाइ छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा आक्रमण बन्द गर्न आग्रह गरिन् । पत्रकारको प्रश्नको जवाफमा ब्रुसले भने, “अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो । मध्यपूर्वमा युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्ने प्रमाणित भइसकेको छ ।”

उनले युद्ध, सेना र हिंसा समाधान नभएको प्रष्ट पारेका छन् । हिंसा र समस्याहरूलाई रोक्ने एक मात्र समाधान नयाँ विचार र कूटनीति भएको उनको भनाइ छ ।
भारत र पाकिस्तानबीच मध्यस्थताको प्रश्नमा ट्यामी ब्रुसले भने, “जब सम्बन्धित देशका नेताहरू कूटनीतिक वा कुनै पनि स्तरमा कुरा गरिरहेका हुन्छन्, हामी यसको जानकारी साझा गर्दैनौँ । यो हाम्रो नीति हो ।”

ब्रुसले भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको संकेत गरेनन् । तर, यो सम्भावनाको अस्वीकार पनि गरेनन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग फोनमा कुराकानी गरेको पनि बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस