२७ असोज काठमाडौँ / २ वर्ष लामो हमास इजारायल युद्ध हुदा कयौको ज्यान गयो भने कयौ घाइते भए जसमा १० नेपालीहरुको पनि सोही घटनामा परी ज्यान गयो । २ वर्ष देखी चलेको युद्धलाई अमेरिकाका राष्ट्रपती डोनाल्ड ट्रमको पहलमा इजिप्टमा भएको दुई देश हमास र इजारायल विच शान्ति सम्झौता भए पछि दुई देशका नागरिक मात्र होइन आम देशका नागरिकहरुमा खुशी छाएको थियो । त्यसमा नेपालीहरुमा पनि खुशी छाएको थियो । साही घटनामा परि कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ३ वस्ने वर्ष २३ का विपिन जोशी पनि २०२३ अक्टुवर ७ मा अपहरणमा परेका थिए ।
विपिन जोशी पनि दुई देश विच भएको शान्ति सम्झौता अनुसार रिहा हन्छन भन्ने सवै नेपालीहरुमा खुशी अनि आशा छाएको हो । तर शान्ति सम्झौता अनुसार हमासले अपहरण गरेका २० जनाको रिहा हुदै गर्दै नेपाली विपिन जोशी परेनन् । त्यो खुशी ७२ घण्टा पनि टिक्न सकेन । आज अक्टुवर १३ इजारायलको समय अनुसार विहान ७ वजे इजारायली सेना आइडिएफले भिडियो कन्फरेन्सबाट विपिनका दाजु र वहिनी र इजारायलका राजदुत धनप्रसाद पण्डितलाई विपिन इज नो मोर भने पछि नेपालीहरुको त्यो लामो प्रतिक्षा, अनि धैर्यता आशा विश्वास भने टुटेको छ ।