२०८२ अषाढ ६, शुक्रबार

दक्षिण अफ्रिकाका गोरा नागरिकलाई शरणार्थी दर्जामा अमेरिका भित्र्याउँदै डोनाल्ड ट्रम्प

दक्षिण अफ्रिकाका गोरा अल्पसंख्यकलाई शरणार्थीको दर्जा दिएर स्वागत गर्दै छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २९, सोमबार
दक्षिण अफ्रिकाका गोरा नागरिकलाई शरणार्थी दर्जामा अमेरिका भित्र्याउँदै डोनाल्ड ट्रम्प

२९ वैशाख काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभरबाट आउने अधिकांश शरणार्थीलाई प्रवेशमा रोक लगाएको छ । तर, दक्षिण अफ्रिकाका गोरा अल्पसंख्यकलाई शरणार्थीको दर्जा दिएर स्वागत गर्दै छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कार्यक्रमअन्तर्गत शरणार्थी दर्जा पाउने गोरा दक्षिण अफ्रिकीको पहिलो समूह आइतबार जोहान्सबर्गको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेको छ ।

समाचार संस्था रोयटर्सका एक पत्रकारका अनुसार, गोरा नागरिकको लामो पंक्ति पासपोर्टमा छाप लगाउन पर्खिरहेको थियो । यी यात्रु चार्टर फ्लाइटका लागि डिपार्चर लाउन्जमा प्रवेश गर्नुअघि त्यहाँ उभिएका थिए ।

दक्षिण अफ्रिकी यातायात विभागका प्रवक्ता कोलेन म्सिबीले रोयटर्सलाई भने, “तिनीहरूमध्ये कोहीसँग आपराधिक मुद्दा चलिरहेको भएका जाँच गर्ने सर्तमा ४९ यात्रुलाई अमेरिका उड्न अनुमति दिइएको छ ।”

अमेरिका जाँदै गरेका यी व्यक्तिसँग कुरा गर्न पत्रकारलाई अनुमति दिइएन । म्सिबीका अनुसार, तिनीहरू वासिङटन डीसीनजिकैको डुल्स एयरपोर्ट हुँदै टेक्सास जान लागेका थिए । स्थानीय समया‍नुसार, बेलुका ८ः३० सम्म उनीहरू विमानमा चढिसकेका थिए । तर, उडान भएको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोरा दक्षिण अफ्रिकी विशेष गरी अफ्रिकानर्स (दक्षिण अफ्रिकामा सबैभन्दा लामो इतिहास भएका गोरा समुदाय)लाई शरण दिने प्रस्तावले दुवै देशबीच विवाद बढाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस