४ साउन, काठमाडौं / नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् । वाइल्डले केही दिनअघि इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।
एएफसी महिला एसियन कप छनोटका दौरान उज्बेकिस्तानमा भएको घटनाक्रमको वास्तविकताबारे जानकारी गराउन एन्फाले वाइल्डलाई पत्र पठाएको थियो । त्यसको जवाफमा वाइल्डले राजीनामा नै पठाएका हुन् ।