२६ असार काठमाडौँ / संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विभिन्न माग राखेर बिहीबार राजधानीमा प्रदर्शन गरेको छ । न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने, श्रम कानुन कार्यान्वयन गर्नुपर्ने, रु. ३०.४४३ पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्नुपर्ने, श्रम कानुन कागजमा होइन, व्यवहारमा लागू गर्नुपर्ने र सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचीकरण गर्नुपर्ने लगायतको माग उनीहरुले श्रमिक र्याली गरेका हुन् ।