२०८२ अषाढ ६, शुक्रबार

गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्चमा रिट

नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १०, शुक्रबार
गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्चमा रिट

९ जेठ काठमाडौँ / नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

गभर्नर बन्नका लागि पौडेलको योग्यताबारे प्रश्न गर्दै सर्वोच्च अदालतमा शुक्रबार रिट पेस भएको हो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अधिवक्ताहरू विशाल थापा लगायतले शुक्रबार रिट पेस गरेका हुन् ।

यद्यपि रिट दर्ता भने भएको छैन । ’निवेदन आएको छ । त्यसबारेमा छलफल भइरहेको छ,’ उनले भने । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि गभर्नर बनाउने चर्चाबीच पनि पौडेलविरूद्ध रिट दायर भएको थियो । अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले पौडेल पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा वैशाख ३० गते रिट पेस गरेका थिए ।

तर उक्त रिट सर्वोच्च अदालत प्रशासनले जेठ २ गते दरपीठ गरिदिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस