२०८२ पौष १६, बुधबार

सुर्खेत वीरेन्द्रनगर

सुर्खेत वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

सुर्खेत वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

१६ पुस काठमाडौँ / सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् ।

आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे अनुसन्धान भइरहेर्को बताए । ’हामी भर्खर पुगेर अनुसन्धान गर्दै छौँ,’ उनले भने, ’पहिचान पनि खुलेको छैन ।’

उनीहरूको शव एकसाथ भने छैन । केही मिटर दुरीको फरकमा देखिएकोले घटना निकै शंकास्पद रहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस