२०८२ बैशाख ७, आईतबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

बल्खुमा सुरक्षाकर्मी तैनाथको संख्या बाक्लो (तस्वीरहरु)

  • वाशु श्रेष्ठ
  • २०८१ चैत्र २६, मंगलबार
बल्खुमा सुरक्षाकर्मी तैनाथको संख्या बाक्लो (तस्वीरहरु)

२६ चैत, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गर्ने सभाका लागि बल्खु क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्थापनासहितका माग राखेर मंगलबार राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको उक्त सभाका लागि प्रशासनले बल्खु क्षेत्र तोकेको छ । बिहान १२ बजेबाट सुरु हुने भनिएको सभा सुरु हुनुअघि नै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
तस्वीरहरू :

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस