२०८३ आश्विन ६, मंगलबार

नेपाली कांग्रेस

कांग्रेसको विशेष महाधिवेशन पक्ष अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोग जाँदै

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको छ ।
कांग्रेसको विशेष महाधिवेशन पक्ष अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोग जाँदै

माघ १, काठमाडौं / नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको छ । नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित गगन–विश्व समूह निर्वाचन आयोग जान लागेको हो ।

नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अभिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताए । बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आफूहरु निर्वाचन आयोग जाने उनले बताए । नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन् ।बुधबार सकिएको विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस