२०८३ कार्तिक २२, शनिबार

तिहारका लागि च्याङ्ग्रा

तिहारका लागि मुस्ताङ र डोल्पाबाट बागलुङ आइपुगे च्याङ्ग्रा, मूल्य ५२ हजारसम्म

तिहारका लागि मुस्ताङ र डोल्पाबाट बागलुङ आइपुगे च्याङ्ग्रा, मूल्य ५२ हजारसम्म
तिहारका लागि मुस्ताङ र डोल्पाबाट बागलुङ आइपुगे च्याङ्ग्रा, मूल्य ५२ हजारसम्म

बागलुङ । तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङ र डोल्पाबाट च्याङ्ग्रा बागलुङ ल्याउन थालिएको छ । चाडपर्वलाई लक्षित गर्दै व्यापारीले च्याङ्ग्रा खरिद गरी विभिन्न बजारमा बिक्रीका लागि पुर्‍याउन थालेका हुन् ।
पछिल्लो एक सातादेखि व्यापारीले बागलुङसहित पर्वत, कास्की, काठमाडौं, चितवन र बुटवलसम्म च्याङ्ग्रा पुर्‍याउन थालेका छन् ।
बागलुङमा च्याङ्ग्राको मूल्य प्रतिगोटा ३५ हजारदेखि ५२ हजार रुपैयाँसम्म रहेको छ । त्यस्तै, च्याङ्ग्राको मासुको मूल्य प्रतिकिलो २ हजार २०० रुपैयाँसम्म पुगेको छ ।
तिहार तथा चाडपर्वका समयमा च्याङ्ग्राको माग बढ्ने भएकाले व्यापारीले हिमाली जिल्लाबाट च्याङ्ग्रा ल्याएर विभिन्न सहरका बजारमा बिक्री वितरण गर्ने गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस