
२० कात्तिक, काठमाडौं । सिंहदरबारभित्रै गाडीको ठक्करबाट राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन् ।
शुक्रबार सिंहदरबार परिसरमा जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा गैरेलाई गाडीले ठक्कर दिएको हो ।
ट्राफिक प्रहरी स्रोतका अनुसार बा.१७ च ८८०७ नम्बरको गाडीले उनलाई ठक्कर दिएको थियो । उक्त गाडी पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको रहेको दाबी गरिएको छ ।
यस विषयमा बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतले बताएका छन् ।
गाडीको ठक्करबाट सामान्य घाइते भएकी गैरेलाई ठक्कर दिने गाडीले नै उपचारका लागि ट्रमा सेन्टर पुर्याएको थियो ।
गैरे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सदस्य हुन् ।