१५ वैशाख, काठमाडौं / सरकारले आन्दोलनरत शिक्षकहरूको माग भोलि र पर्सिसम्ममा सम्बोधन हुने बताएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्नेगरी शिक्षा मन्त्री रघुजी पन्तलाई जिम्मेवारी दिएको सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार शिक्षकका माग सम्बोधन गर्नका लागि आजै शिक्षक महासंघका प्रतिनिधिहरूसँग शिक्षामन्त्री पन्तले छलफल गर्दैछन् ।
भोलि या पर्सिसम्म शिक्षक आन्दोलनले उठाएको मागको सम्बोधन हुने अवस्था सरकारले वातावरण निर्माण गर्दैछ,’ गुरुङले भने ।
अहिले नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ ।