
२४ चैत्र,काठमाडौ । नेवार समुदायहरुको राष्ट्रिय संगठन नेवा:देय दवुको ८औं राष्ट्रिय महाधिवेशन काठमाडौको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ । चैत्र २१ र २२ गते भएको सो कार्यक्रम नवलपुरमा स्थगित भए पछि काठमाडौ भएको हो । नवलपुरमा २०८२ जेष्ठ २,३र ४ गते भएको कार्यक्रम प्रतिनिधि विवादलाई लिएर अदालतमा जाहेरीपछि स्थगित हुदा २०८२ चैत्र २१ गते मनोनयन दर्ता गरि २२ गते निर्वाचन भएको हो । देश भर ६८ जिल्लाका ४ सय ७७ प्रतिनिधिहरु मध्ये ३ सय २९ प्रतिनिधि निर्वाचनमा सहभागी थिए ।

नेवा: देय दवु अध्यक्ष रश्मिला प्रजापति निर्विरोध निर्वाचित भए भने बरिस्ठ उपाध्यक्षमा त्रिपक्षीय भिडन्त हुदा सत्यनारायण डंगोल १ सय ४९ मतले निर्वाचित भए भने उनका प्रतिद्वन्दी घनश्याम श्रेष्ठ ७० मत अनिल मास्केले २८ मत ल्याएका महिला उपाध्यक्षमा सीता श्रेष्ठले २ सय १२ मत ल्याई विजयी हुँदा प्रतिद्वन्दी बिमला श्रेष्ठले ९३ मत ल्याए भने अर्का उपाध्यक्ष कोशी प्रदेश नरेश कुमार शाक्यले १ सय ६१ मत ल्याई बिजयी हुदा प्रतिद्वन्दी इन्द्र श्रेष्ठले १ सय ५० मत पाए मधेस प्रदेश उपाध्यक्ष पदका लागि दक्ष नारायण श्रेष्ठ निर्विरोध निर्वाचित हुदा बागमती प्रदेश उपाध्यक्ष शान्त श्रेष्ठले १ सय ६४ मत ल्याई बिजयी भए भने उनका प्रतिद्वन्दी अनिल कुमार मास्के लेकालीले १ सय ४० पत पाएका थिए भने अर्का उपाध्यक्ष गण्डकी प्रदेशबाट हरी कुमार श्रेष्ठ र उपाध्यक्ष सुदुरपश्चिम प्रदेश ऋषिकेश श्रेष्ठ, उपाध्यक्ष कर्णालीबाट खगेन्द्र बहादुर श्रेष्ठ लगाएत ३प्रदेश उपाध्यक्ष निर्विरोध निर्वाचित भए उपाध्यक्ष लुम्बिनीबाट बिजुला जोशिले २ सय ४ मतले बिजयी हुदा प्रतिद्वन्दी राजेन्द्र प्रसाद कक्षपतिले १ सय ३ मत पाए भने विशेष प्रदेश उपाध्यक्ष उमेश स्थापितले १ सय ९९ मत पाउँदा बालमुकुन्द सुवालले ७४ मत पाए महासचिव श्रीकृष्ण श्रेष्ठ निर्विरोध उदा उप महासचिव पदमा ३ जनाको प्रतिस्पर्धा भयो उपमहासचिव पदमा बाशु श्रेष्ठले १ सय १६ मतले बिजयी हुदा प्रतिद्वन्दी उपेन्द्र प्रधानले १ सय १२ ल्याए भने अर्का प्रतिद्वन्दी दिनेश शाक्यले ७५ मत ल्याए कोषाध्यक्ष पदमा माइला डंगोलले २ सय १० ल्याउदा रामशरण श्रेष्ठले ९४ मत पाए सचिव पदमा ४ मध्ये ३ सर्वसम्मत हुदा महिला सचिव पदमा वसन्ता श्रेष्ठले १सय ६९ मतले बिजयी हुदा प्रतिद्वन्दी सरिता श्रेष्ठले १ सय ३६ मत पाए भने बाकी ३ सचिव निर्विरोध चयन भएको थियो ।

२५ केन्द्रिय सदस्य मध्ये खुल्ला १० केन्द्रिय सदस्यका लागि पनि १३ केन्द्रिय सदस्यको उम्मेद्बारी परेको थियो ।
नेवा देय दबुका निर्वाचित उपमहासचिव वासु श्रेष्ठ धादिङ जिल्लाका हुन्। उनी संचारकर्मी समेत हुन लामो समय देखि पत्रकारी गर्दै आएका छन् हाल न्युज २४ टेलिभिजन र दृष्टि नेपाल अनलाइन पत्रीका सम्पादक अनि संचालक पनि हुन ।