१६ भदौ, काठमाडौं । चीनमा आयोजित शांघाइ सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलन आजदेखि सुरु हुँदै छ । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सोमबारबाट सुरु सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन् । सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गते चीन गएका थिए ।