
४ माघ, धादिङ/ शुक्रवार सडक विस्तारमा अवरोध गर्ने स्थानियलाई स्थानिय द्धवारा रामधुलाई राजमार्ग विस्तारले वल्ल मुर्तरुप लियो समाचार दृष्टिनेपाल अनलाईन पत्रिकामा सम्प्रेशण भएको खवरलाई लिएर पाण्डे परिवारका एक सदस्य सुप्रिमा पाण्डेले दृष्टिनेपाल अनलाईन पत्रिकाका संचालक तथा सम्पादक बाशु श्रेष्ठलाई फेशवुक मेसेन्जरमा धम्की दिएकी छिन् ।
सम्प्रेसण समाचार नहटाए हातपात गर्ने मन्दै दृष्टिनेपाल संचालक तथा सम्पादक बाशु श्रेष्ठलाई फेसवुक मेसेन्जरमा मेसेन्ज टेस्ट गरेकी हुन ।
समाचार आफुलाई चित्त नवुझे संवन्धित निकाय प्रेस काउन्सिल हुदा हुदै प्रेस स्वतन्त्रतालाई चुनौति दिदै पत्रकार समाचार जगतलाई धम्की दिने सुप्रिया पाण्डे प्रति दृष्टिनेपाल खेद प्रकट गर्दछ । साथै दृष्टिनेपाल अनलाईन पत्रिकाको समाचार प्रतिनिधि माथि कुनै पनि घटना भए साेको जिम्मेवारी समेत सुप्रिमा पाण्डे हुने छिन ।
शुक्रवार देखी शनिवार सम्म घटना क्रम
घटना नं. १
शुक्रवार साँझ स्थानिय वासीहरुको सहयोगमा धादिङ जिल्लाकाे धुनिवेशी नगरपालिका वडा नं. ६ धार्के वजार क्षेत्रमा ५ वटा डोजर चल्छ सडक विस्तारमा सोही समय रविन्द्र पाण्डे अवरोध गर्न आउ छन् । अवरोध गर्न आए पछि सडक फिल्डवर्कर पत्र देखाउ छन् । सडक विस्तारका फिल्डवर्करले देखाएको पत्र रविन्द्र पाण्डेले अवशव्ध प्रयोग गरी च्याति दिन्छन् त्यस पछि धकेला धकेल हुदै रामधुलाईमा परिणत हुन्छ ।
घटना नं. २
धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ६ धार्के वजार वस्ने स्थानिय दामोदर रेग्मीले बाटाे विस्तारमा अवराेध गर्ने स्थानिय रविन्द्र पाण्डे परिवारलाई हटन अनुरोध गर्छन सोही समय पाण्डे परिवारबाट हातहालाहालको अवस्था सृजना हुन्छ ।
घटना नं. ३
मिति २०८२ माघ ३ गते शनिवार विहान स्थानिय दामोदर रेग्मी वजार हिडिरहेकाे अवस्थामा संजिपराज पाण्डे सहित ३ दाजु भाईले आक्रमण गर्छन । आक्रमणबाट स्थानिय दामोदर रेग्मी घाइते भए पछि ईलाका प्रहरी कार्यालय खानिखोलाले संजिवराज पाण्डे सहित ३ जनालाई प्रहरीले पक्राउ गर्छ ।
पृथ्वीराजमार्गको नौविसे नागढुङ्गा सडक बिस्तार ३ भागमा भै रहेको छ । पहिलो भाग नागढुङ्गा नौबिसे सडक खण्ड अन्तिम चरण पुगि सकेको छ भने बाकी २ वटा भागको काम निरन्तर चलिरहदा दोस्रो भागको काम नौविसे मलेखु सडक खण्डको धार्के बजार क्षेत्रको सडक बिस्तार कार्य पाण्डे परिवारले नै अबरोध शृजना गरे पछि काममा ढिलाई हुदा स्थानीय बजार बासी सडकको धुलोबाट प्रभावित हुदै आएका थिए ।