धादिङ/ धादिङ जिल्ला काठमाण्डौ राजधानीको सिमाना जिल्ला हो । यस जिल्ला विषेश गरी तरकारी उत्पादन हुने जिल्ला मध्ये एक जिल्ला हो । धादिङ जिल्लाको सरदरमुकामबाट दक्षिण भेग पृथ्वीराजमार्ग आसपासमा काउली, गोल्भेडा, करेला, भिण्डी, सिमी, लौका, बन्दागोभी, च्याउ उत्पादन हुन्छ भने उत्तरी भेगमा अन्न बाली हुने गरेको छ । काठमाण्डौ राजधानी कालिमाटीमा तरकारीको माग मध्ये करिव १५ प्रतिशत तरकारी धादिङले थेग्ने गरेको छ ।
कृषि तथा पशु पंछी विकास मन्त्रालय बागमती प्रदेशले तरकारी अन्नबाली रह कृषि सामाग्रीहरुमा पनि अनुदानमा किसानहरुलाई वितरण गर्दै आएको छ । पछिल्लो समय नेपालीहरुको हरेक भान्छामा च्याउ देखिन थालेको छ । च्याउ साकाहारी भएको हुदा पाटी लगाएत विभिन्न भोजहरुमा मासुको विकलपको रुपमा च्याउलाई हेरिन थाले पछि च्याउको माग वढन थाले छ । च्याउको माग वढन थाले संगैhttps://youtu.be/MoiUnYQK3R8?si=WxnpNrybaOTg2y3P किसानहरु पनि यस खेतिमा आर्कर्षित हुन थालेका छन् । लामो समय विदेशमा वसेर च्याउ खेती सुरु गरेका किसान विनोद पौडेल पनि जलेश्वर कृषि च्याउ तथा पशु पंछी फर्म प्रा.लि संचालन गरी २० वटा च्याउ घर निमार्ण गरी ७ रोपनी क्षेत्रफलमा १२ वटा ग्रिन हाउसमा तरकारी खेती गर्दै आउनु भएको छ ।
विगतमा अनुदान रकमलाई दुरुपयोग गरे पनि हाल त्यस्तो गर्न नसकिने किसान विनोद पौडेलको वुझाई छ । प्रदेश सरकार र जिल्ला कृषि विकास कार्यालयबाट हुने अनुगमनले बास्तविक किसानले मात्र अनुदान पाउने गरेका छ भने अनुदान भनेको पटक पटक दोहोरो लिने भन्दा पनि नदोहोरिने गरी वितरण गर्नु पर्ने पौडेलको वुझाइ छ ।
भिडियाे लिंक…