२०८२ अषाढ २०, शुक्रबार

नेपाल टिपर तथा ट्रक व्यवसायी महासंघ नेपालको भवन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट उद्धघाटन

नेपाल टिपर तथा ट्रक व्यवसायी महासंघ नेपालको भवन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट उद्धघाटन

२० असार, काठमाण्डौ / नेपाल टिपर तथा ट्रक व्यवसायी महासंघको कार्यालय शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र पौडेलले उद्धघाटन गर्नु भएको छ । नेपाल टिपर तथा ट्रक व्यवसायी महासंघ नेपालका अध्यक्ष कृष्ण पन्तको अध्यक्षतामा भएको उद्धघाटज कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल विषेश आतिति संघिय संसद कृष्ण गोपाल श्रेष्ठ, राजेन्द्र प्रसाद पाण्डे लगाएत अतिथिहरुको उपस्थिति रहेको थियो ।

drishtinepal

भार बहन क्षमता कडाइका साथ लागु गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र लाई थप ब्यबस्थित बनाउन सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । यसका लागि नितिगत सुधार देखि कार्यान्वयनमा ध्यान दिएको उहाँको भनाइ थियो । यस्तै सवारी साधनहरुलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रवन्ध कडाईका साथ लागु गरिने पनि उहाँले बताउनु भयो भने नेपाली सडक तथा संरचनाहरुको दिगो उपयोगका लागि भारबहन क्षमता कडाईका साथ लागु गर्न आवश्यक रहेको रहेको उहाँको भनाई छ । अधिक भारका मालबाहक सवारी साधनहरुका कारण नेपालका पुल तथा सडकहरुमा ठुलो नोक्सानी हुने गरेको भन्दै मन्त्री दाहालले सिमा क्षेत्र देखिनै यसको नियन्त्रण गरिने बताउनु भयो ।

drishtinepal

चन्द्रागिरी नगरपालिका ७ मा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन समारोहमा उहाँले नेपालका सडक, पुल लगायतका संरचनाहरुको संरक्षण सवैको दायित्व रहेको पनि उल्लेख गर्नुभयो । ‘हाम्रो भुबनोट तथा सडकको अवस्था अनुसार पुलहरुको निर्माण गरिएको हुन्छ’ मन्त्री दाहालले भन्नुभयो, ‘निश्चित भार क्षमताका ति संरचनामा जथाभावि अधिक भारका सवारी साधन त चलाउनु भएन नि, हाम्रा संरचनको संरक्षण गर्ने जिम्मेवारी हामी सवैको हो ।

यातायात क्षेत्रलाई सुरक्षित बनाउने तर्फ समेत ध्यान दिइएको मन्त्री दाहालको भनाइ थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, यातायात व्यावसायि महासंघका अध्यक्ष बिजय स्वार, यातायात व्यावसायि, मजदुर नेता लगायतले बोल्नु भएको थियो । २०६६ सालमा स्थापना भएको नेपाल टिपर तथा ट्रक व्यवसायी महासंघ १५ वर्षमा आएर आफ्नै भवन निमार्ण गर्न सफल भएको छ । काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा न ७ हाइभिजनमा निर्माण सम्पन्न भएको भवन १ करोड ११ लाख २१ हजार ८ सय ६१ रुपैया लागतमा सम्पन्न भएको भवन करिव ५ आना जमिनमा रहेको छ । कार्यक्रममा भवन निर्माणमा योगदान गर्नेहरुलाइ सम्मान गरिएको थियो । नेपाल टिपर तथा ट्रक व्यवसायी महासंघ अध्यक्ष कृष्ण पन्त भएकै समयमा जग्गा खरिद गरिएको थियो भने भवन पनि अध्यक्ष कृष्ण पन्तको कार्यकालमा सम्पन्न भएको छ । यस सस्थाले टिपर तथा ट्रक व्यवसायीहरुको हक हितको लागि संरक्षण सर्म्वद्धन गर्दै आएको छ ।

तस्विरहरु :

drishtinepaldrishtinepal

drishtinepaldrishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस