
३ माघ, धादिङ/ धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ मा पर्ने धार्के वजार क्षेत्रका राजमार्ग विस्तारमा स्थानिय रविन्द्र पाण्डे परिवारले अवरोध गरे पछि स्थानियहरुबाट नै रामधुलाई खाएका छन् । नौविसे मलेखु सडक खण्ड अर्न्तगत ४९ किलो मिटर सडक खण्ड नाली लगाएत वालको काम सम्पन्न भै वेस र कालोपत्रेको काम बाकी रहदा धार्के वजार क्षेत्र लामो समय स्थानिय रविन्द्र पाण्डे परिवारले सडक विस्तारमा अवरोध गर्दै आए पछि स्थानिय आक्रोसित भएका थिए । लामो समय सडक विस्तार नहुदा धार्के वजार क्षेत्रमा धुलोको कारण वजार वासी धुलोबाट प्रभावित हुदा विमारी समेत पर्दै आएका थिए । एक जना पाण्डे परिवारले सडक विस्तारमा अवरोध गर्दा सयौं वजार वासी धुलोवाट प्रभावित हुदा स्थानियमा जनआक्रोस उत्पन्न भएको हो ।
स्थानियहरुको जनआक्रोस पछि सुक्रवार साँझ पाण्डे परिवारले लगाउदै आएको पावरलाई स्थानियले धोति मात्र लगाई दिएनन् नै रामधुलाई खादै लखेटिए पछि वर्षै देखीको साख समेत गुमेको छ । बाटो विस्तारमा अवरोध गर्न गएका पाण्डे परिवार वजार क्षेत्रका स्थानियहरुबाट नै लखेटिए पछि बाटो विस्तारले निरन्तरता पाएको छ । त्रिभुवन राजपथको नागढुङ्गा नौविसे र पृथ्वी राजमार्गको नौविसे मलेखु, मलेखु मुग्लिङ सडक खण्ड गरी ३ भागमा वर्गिकरण गरिएको छ । तिन भाग मध्ये पहिलो भाग नागढुङ्गा नौविसे सडक खण्ड १२ किलो मिटर निमार्ण कार्य केही काम वाहेक सम्पन्न भै सकेको छ भने पृथ्वी राजमार्ग अर्न्तगत नौविसे मलेखु सडक खण्ड अर्न्तगत धार्के वजार क्षेत्र स्थानिय रविन्द्र पाण्डे परिवारकै कारण ढिला हुन पुगेको थियो । ढिला भएको सडक विस्तार स्थानियको सक्रियताले समय मै सम्पन्न हुने
।
तस्विर…..