२०८२ भाद्र १६, सोमबार

प्रधानमन्त्री ओलीसँगको भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा फोटो पोस्ट

प्रधानमन्त्री ओलीसँगको भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा फोटो पोस्ट

काठमाडौ / चीनको तियाँजिन शहरमा जारी शांघाइ सहकार्य संगठन (एससीओ ) को २५औ सम्मेलनमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार भेट भएको छ । प्रधानमन्त्री ओलीसँगको भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै  लेखेका छन्, ‘थियानचिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र विशिष्ट छ ।

एससीओ प्लसको शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी हुँदा ओली–मोदी संक्षिप्त भेट भएको हो । शिष्टाचार भेटमा दुईबीच शिष्टाचार संवाद भएको थियो । त्यसअघि सम्मेलन आयोजक राष्ट्र चीनका राष्ट्रपति शी जिनपिङसँग पनि ओलीले भेट गरेका थिए । शनिबार सीसँगको भेटमा ओलीले लिपुलेकका विषयमा नेपालको भनाइ राखेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस