२०८२ श्रावण २१, मंगलबार

बागमतीमा नयाँ सरकार

मुख्यमन्त्री बहादुर सिंह लामाले आजै पत्रकार सम्मेलन गरी राजीनामा दिदै

मुख्यमन्त्री अब इन्द्र बानियाँ आजै नयाँ सरकार
मुख्यमन्त्री बहादुर सिंह लामाले आजै पत्रकार सम्मेलन गरी राजीनामा दिदै

१८ श्रावण, काठमाडौ/ बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार साँझ ६ बजे राजिनामा दिने भएका छन् । साँझ ६:०० बजे मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गरी लामाले राजिनामा दिने भएका हुन । शनिवार देउवा निवासमा पुगेर पार्टी सभापति शेर बहादुर देउवा संग भेटर आए पछि मुख्यमन्त्री बहादुर सिंह लामाले राजिनामा दिने तयारी गरेका हुन । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले अबिस्वासको प्रस्ताव दर्ता गरे पछि बागमती प्रदेशको संसदीय दलको नेतामा पराजित भएका लामालाई राजीनामा दिन दवाव बढेको थियो । मुख्यमन्त्री बहादुर सिंह लामाले राजिनामा दिए पछि बागमती प्रदेश सरकार विघटन हुने र सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले बहुमतको आधारमा इन्द्र बानियाँलाई मुख्यमन्त्रीको प्रस्ताव गरी प्रदेश प्रमुखलाई सिफारिस गरे पछि बानियाँ मुख्यमन्त्री सहि त आइतबार नै नयाँ प्रदेश सरकार बन्ने छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस