२० असार काठमाडौँ / लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको सचिवालय विस्तारित वैठक गौदावरीमा सुरु भएको छ । नेकपा एमाले उप–महासचिव सुचना प्रविधि तथा संचार मन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यमा भएको बैठक २ दिन सम्म चल्ने छ । गोदावरीको भ्यू होटलमा सुरु भएको बैठकमा १.केन्द्रिय सल्लाकार परिषद गठन गर्ने २. प्रदेश स्तरिय महिलन भेला आयोजना गर्ने बारे ३. महिला राष्ट्रिय भेलाको दस्तावेज प्रकासन गर्ने ४. प्रवास सम्पर्क समन्वय समिति गठनको रिपोटिङ तथा आगामी कार्य योजना ५. घटक संघहरुको विस्तारित बैठक आयोजना गर्ने ६. विश्व आदिवासी दिवस अगष्ट ९ मा आयोजना गर्ने विषय रहेको छ भने ७ वटा प्रदेशबाट सहभागि प्रदेश अध्यक्षहरुले रिपोटिङ गर्ने कार्यक्रम रहेको छ ।
तस्विर………..