१७ श्रावण, काठमाण्डौ/बागमती प्रदेश मुख्य मन्त्रीले भोलि राजिनामा दिने भएका छन् । मुख्यमन्त्री वहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्रीको सपथ गर्ने भए पछि मुख्य मन्त्री वहादुर सिंह लामाले भोलि राजिनामा दिने भएका हुन । शनिवार देउवा निवासमा नेपाली कांग्रेसका केन्द्रिय सभापती शेर वहादुर देउवा संग भएको भेटमा मुख्यमन्त्री लामाले राजिनामा दिने निर्णय गरेका हुन । नेपाली कांग्रेसको बागमती प्रदेशको संसदिय दलको नेतामा पराजित भए पछि मुख्यमन्त्री लामालाई राजिनामा दिन दवाव सृजना भएको थियो । मुख्यमन्त्री लामाले जाने वेलामा गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री र माया श्रेष्ठ युवा तथा खेलकुल मन्त्री गिता गुरुङ सहकारी तथा गरिव निवारण मन्त्री सिफारिस गरेका हुन ।