२०८२ अषाढ १७, मंगलबार

अफलाइन बार्गेनिङ गर्ने १०२ जना इन्ड्राइभ र पठाओ राइडर कारबाहीमा

अफलाइन बार्गेनिङ गर्ने १०२ जना ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २०, सोमबार
अफलाइन बार्गेनिङ गर्ने १०२ जना इन्ड्राइभ र पठाओ राइडर कारबाहीमा

१९ जेठ काठमाडौं सार्वजनिक यातायात ठप्प भएका बेला बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने १०२ जना ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

सोमबार दिउँसो २ बजेसम्म बढी भाडा लिने ६ जना र अफलाइन बार्गेनिङ गर्नेसहित ९६ जना गरी कुल १०२ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार, जनगुनासोका आधारमा खटिएको ट्राफिक प्रहरीको टोलीले कारबाही गरेको हो ।

यातायात बन्द भएको मौकामा अफलाइन बार्गेनिङ गर्ने र बढी भाडा लिने गुनासो आएको थियो । त्यसपछि ट्राफिक परिचालन गरी ठाउँको ठाउँ कारबाही गरेका हौँ । कारबाहीमा परेका सबै इन्ड्राइभ र पठाओ राइडर हुन्,” उनले भने ।

ट्राफिक प्रहरीका अनुसार, उनीहरूलाई ५०० देखि पाँचहजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस