
२ मंसिर, काठमाडौं / विभिन्न बाह्र वटा पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताको कार्यतालिका छ ।
सोमबार पहिलो दिन बाह्र वटा पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका निर्वाचन आयोगले जनाएको छ । जसमा नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), आम जनता पार्टी (आजपा) र देश विकास पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लवोकतान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी र नेपाल मानवतावादी पार्टीले समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेकाले मात्रै चुनाव लड्न पाउँछन् ।