२०८२ श्रावण २२, बुधबार

प्रेस चौतारी नेपाल

प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे १ लाख १ हजार सहयोग

प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे १ लाख १ हजार सहयोग

२१ श्रावण, काभ्रे/ प्रेस चौतारी नेपाल काभ्रे शाखाले पत्रकारहरुको हकहितका लागि स्थापना गरेको अक्षय कोषका लागि संविधान सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका पुर्व राज्य मन्त्री रेशम लामाले १ लाख १ हजार रुपैया सहयोग गरेका छन् ।जन्मदिनको अवसर पारी लामाले प्रेस चौतारी काभ्रे शाखाको कार्यालय पुगी चौतारीका अध्यक्ष केदार तिमल्सिना सहितका पदाधिकारीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । केन्द्रिय सदस्य लामाले नागरिकहरुको अधिकारका लागि निरन्तर सक्रिय हुने पत्रकारहरुका लागि स्थापना गरिएको कोषमा सहभागिता हुन पाउँदा खुशी लागेको बताए । ‘ब्यवसायीक पत्रकारहरुको जीवनमा आई पर्ने विविध क्षेत्रमा खर्च गर्ने उदेश्यले स्थापना गरिएको कोषमा सहभागि हुने अवसर पाएँ’–लामाले भने–‘कोषको प्रगति र ब्यवसायीकतामा सफलताका लागि प्रेससँग सम्वद्ध सबैलाई शुभकामना छ ।’चौतारीका अध्यक्ष केदार तिमल्सिनाले लामालाई धन्यवाद दिदै अक्षयकोषले जिल्लामा कृयाशिल पत्रकारहरुका लागि सहयोग पुर्याउने गरी अभियान शुरु गरिएको बताए । चौतारीले आफ्नै कार्यालय मार्फत प्रशासनीक तथा ब्यवसायीक कार्य प्रारम्भ गरेको छ ।
पत्रकारहरुको दक्षता, क्षमता अभिबृद्धी, संस्थागत विकास र ब्यवसायीकतामा जोड दिने अध्यक्ष तिमल्सिनाले बताए । सोहि अवसरमा केन्द्रिय सदस्य रेशम लामाको जन्मोत्सव मनाईएको थियो । केन्द्रिय सदस्य लामाले अक्षयकोषका अलावा चौतारीको कार्यालयको दुई महिनाको भाडा तिरिदिने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस