२०८२ अषाढ १७, मंगलबार

भारतीयकाे आक्रमणबाट २६ पाकिस्तानीको मृत्यु, ४६ जना घाइते

भारतले गए राति पाकिस्तानमा गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २४, बुधबार
भारतीयकाे आक्रमणबाट २६ पाकिस्तानीको मृत्यु, ४६ जना घाइते

२४ वैशाख काठमाडौं / भारतले गए राति पाकिस्तानमा गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । आक्रमणमा परेर ४६ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आक्रमणबाट भएको क्षतिबारे जानकारी दिएको हो । भारतले स्थानीय समयानुसार, बुधबार बिहान १ बजेपछि पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आक्रमण गरेको थियो ।

पाकिस्तानी सेनाले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । केही दिनअघि भारतको कश्मीरमा आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्नलाई पाकिस्तानले साथ दिएको र आत्मरक्षाका लागि आतंकवादीको सेल्टरमा आक्रमण गरिएको भारते जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस