२३ साउन काठमाडौँ / भारतको उत्तराखण्डमा गएको भिषण बाढीपहिरोमा परेर धादिङका पनि चारजना बेपत्ता भएका स्थानीय प्रशासनले जनाएको छ । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चारजना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताहरूको खोजी सुरु गरेका छौँ, प्रजिअ घिमिरेले भने । बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ छन् ।
बाढीपहिरोमा मा परी जाजरकोट, बाँके, जुम्ला र रुकुमका गरि १८ जनाभन्दा धेरै बेपत्ता सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले जनाएका छन् ।
उनीहरू उत्तराखण्डका विभिन्न स्थानमा मजदुरी गर्दै आएका थिए । बेपत्ताहरूको खोजीका लागि गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई आग्रह गरिएको स्थानीय प्रशासनले जनाएका छन् ।