२०८३ बैशाख ११, शुक्रबार

महानगर

महानगर कार्यपालिकाले बालेनलाई दियो धन्यवाद

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले मेयर बालेन्द्र शाहको राजीनामा पछि कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिकामा जानकारी गराउँदै धन्यवाद प्रस्ताव पेस गरेकी थिइन् ।
महानगर कार्यपालिकाले बालेनलाई दियो धन्यवाद

माघ ४, काठमाडौँ / काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले मेयर बालेन्द्र शाहको राजीनामा पछि कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिकामा जानकारी गराउँदै धन्यवाद प्रस्ताव पेस गरेकी थिइन् । जसमा कार्यपालिका सदस्यहरूले धन्यवाद प्रस्ताव सर्वसम्मतले पास गरेका हुन् ।
बालेनले महानगरमा पुर्‍याएको योगदान र आगामी दिनमा समेत सुझाव दिन अनुरोध गर्दै धन्यवाद दिइएको हो । धन्यवाद प्रस्ताव कार्यपालिकामा लैजानु अघि मेयर बालेनलाई बोलाइएको थियो । तर बालेन भने आएनन् ।

उनी नआएपछि कार्यवाहक प्रमुख डंगोलले बालेनको कुर्सी छेउमा खाली राखेकी थिइन् । ‘उहाँलाई बोलाएका हो तर आउनुभएन, खैर केहि छैन । उहाँले गरेको योगदानको आधारमा धन्यवाद दिएका छौँ,’ एक कार्यपालिका सदस्यले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस