
२८ कार्तिक काठमाडौँ / नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्यअ गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ३ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको हो ।