
माघ १, काठमाडौँ / नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारीहरु निर्वाचन आयोगमा पुगेका छन् । कांग्रेसको अधिकारिकता दाबी गर्न उनीहरू आवश्यक कागजातसहित कान्तिपथस्थित आयोग पुगेका हुन् ।
त्यसअघि थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बसेको थियो । केन्द्रीय समिति बैठकपछि पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी दस्ताबेज लिएर थापासहितका पदाधिकारी आयोग पुगेका हुन् ।
मङ्सिर २७ देखि ३० सम्म बसेको विशेष महाधिवेशन हलबाट पारित विधान, चुनावी प्रयोजनका लागि हस्ताक्षर बदल्ने र समानुपातिक सूची अद्यावधिक गर्ने निवेदन र विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको लिस्ट आयोगमा बुझाउने नेताहरूले बताएका छन् ।