
माघ ४, पोखरा / म्याग्दीको धवलागिरि गाउँपालिका–७, सिवाङ झिनडाँडामा गएराति धारिलो हतियार प्रयोग गरी २० वर्षीया पुनमाया विकको हत्या गरिएको छ । राति साढे १० बजे घर बाहिर एक्कासि पछाडिबाट प्रहार गरेपछि उनी गम्भीर घाइते बनेकी थिइन् ।
उनको बेनी अस्पतालमा उपचारको क्रममा निधन भएको म्याग्दी प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । विकको हत्यामा संलग्नको खोजी भइरहेको डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।