२०८२ आश्विन ३०, बिहिबार

जेनजी भन्दै हिडने अर्जुन शाही बाख्रा चोर देखी ठगीमा समेत संलग्न

जेनजी भन्दै हिडने अर्जुन शाही बाख्रा चोर देखी ठगीमा समेत संलग्न

३० असोज काठमाडौँ / जेनजीका माग जायज भए पनि जेनजी आन्दोलन अपहरण गर्नेहरुबाट नै वदनाम वन्दे गए पछि जेन जी आन्दोलन अव के हुन्छ कसरी वढ्छ भन्ने सर्वत्र चासो वढ्न थालेको छ । जेनजीको आन्दोलन अपहरण गर्ने सुधन गुरुङको सारथी अनि प्रधानमन्त्री सुशिला कार्कीलाई प्रधानमन्त्री वनाउने जेनजी आन्दोलनको उप संयोजक वताउने ति नै अर्जुन शाहीहरु जस्तबाट जेनजी शव्द नै वदनाम वन्दै गएको छ । सानै छदा बाख्रा र कुखरा चोर्ने जेनजी वताउने अर्जुन शाही हाल काठमाण्डौ आएर नामुद ठगि धन्दामा लागेको उजुरी पत्रले जनाएको छ । अछाम पञ्चलदेवल विनायक नगरपालिका वडा नं.४ घर भएका शाहीले कक्षा ८ पढदै गर्दा साविक कालिका गाँउ विकास समिति वडा नं. ३ का तुला वहादुर शाहीको गोठबाट बाख्रा चोरी गरेका थिए । चोरी गरे देखी हाल सम्म उनी गाउँ फरर्कन सकेका छैनन् । गाउँमा बाख्रा चोर्ने अर्जुन शाही काठमाण्डौमा ठगी धन्दामा सक्रिय भएको देखिन्छ ।

मिति २०८२ वैशाख २८ गते जापान पठाउने भन्दै ८ लाख ठगी
मिति २०८२ वैशाख २३ गते १० लाख चेक वाउन्स जाहेरी दर्ता प्रहरी वृत्त स्वयम्भु ।
मिति २०८१ पुष २९ गते २ लाख चेक बाउन्स जाहेरी दर्ता प्रहरी वृत्त महाराजगंज ।
मिति २०८१ पुष २३ गते ७ लाख चेक वाउन्स जाहेरी प्रहरी वृत्त वौद्ध ।
मिति २०८१ बैशाख २७ गते चेक वाउन्स १० लाख ३० हजार जाहेरी प्रहरी वृत्त महाराजगंज ।
मिति २०८२ भाद्र २२ र २३ गते आगजनी र तोडफोडमा संलग्न ।

शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो । शाहीलाई प्रहरीले बानेश्वरबाट वुधवार प्रकाउ गरेको छ । प्रकाउ गरेको शाहीबाट खानतलासी गर्दा नेपाल प्रहरी परिचय पत्र समेत फेला परेको छ । कुमार शर्मा नामको असई (प्रहरी सहायक निरीक्षक)को आईडी कार्ड शाहीबाट बरामद भएको प्रहरी स्रोतले बतायो । यो नाम परेका असई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । अहिले उनी इन्स्पेक्टरमा नाम निकालेर तालिममा जाने तयारीमा छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस