२०८२ अषाढ १९, बिहिबार

एसियन कप छनोटः नेपाल र श्रीलंका भिड्दै

एसियन कप छनोटः नेपाल र श्रीलंका भिड्दै

१८ असार काठमाडौँ / एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले श्रीलंका विरुद्ध खेल्दैछ ।
उज्वेकिस्तानमा हुने खेल बुधबार साँझ सवा ६ बजे सुरु हुनेछ ।

पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्दै एसियन कप पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । उता पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो हार व्यहोरेको श्रीलंका पहिलो जितको खोजीमा हुनेछ ।

नेपाल र श्रीलंकाबीच अहिलेसम्म ८ खेलमा भेट भएको छ । ती सबै भेटमा नेपालले जित हात पारेको छ । नेपाली टोली आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस