२०८२ कार्तिक १८, सोमबार

अफगानिस्तानमा भूकम्प , कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तानमा भूकम्प , कम्तीमा १२ जनाको मृत्यु

१७ कार्तिक काठमाडौं / उत्तरी अफगानिस्तानको सबैभन्दा ठूला सहरमध्ये एक मजार–ए–शरीफनजिकै गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका देशको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान सबेरै गएको यो भूकम्पको केन्द्रविन्दु मजार–ए–शरीफ सहरनजिकै २८ किलोमिटरको गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

मजार–ए–शरीफ बाल्ख प्रान्तको राजधानी र उत्तरी अफगानिस्तानको सबैभन्दा बढी जनसंख्या भएको सहरमध्ये एक हो । अफगानिस्तानमा हालैका वर्षमा भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको छ । यूएसजीएसका मोडेलले यो भूकम्पको कम्पनबाट सयौँको मृत्यु हुन सक्ने अनुमान गरेका छन् ।

भूकम्पबाट मजार–ए–शरीफको निलो मस्जिद (ब्लु मस्क)मा पनि देखिने गरी क्षति पुगेको छ । यो मस्जिद अफगानिस्तानको वास्तुकलाको खजाना र प्रमुख तीर्थस्थल हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस