
मंसिर २८, काठमाडौं / ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ। भण्डारीलाई ट्रान्सपरेन्सी कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।
सार्वजनिक पदमा बसेको र उहाँमाथि प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको हो। किशोरीको डिम्ब तस्करीको अभियोग लागेको होप फर्टिलिटी सेन्टरमा महान्यायाधिवक्ता भण्डारीकै लगानी रहेको खुलेपछि ट्रान्सपरेन्सीले उनलाई राजीनमा दिन भनेको थियो। तर उनले अटेर गरेकी थिइन्। आज उनलाई भण्डारीलाई निलम्बन गरेको हो।