२०८२ कार्तिक ५, मंगलबार

बंगलादेशमा मागियो पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ ।
बंगलादेशमा मागियो पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

३१ असोज, काठमाडौं / बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ । उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनहरूलाई दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ ।

बंगलादेशमा विद्यार्थीहरूको यो प्रदर्शन निकै हिंसात्मक भएको थियो, जसमा सुरक्षा बलको कारबाहीमा पनि धेरै मानिसको मृत्यु भएको थियो । यस हिंसापछि शेख हसिना सत्ताबाट बाहिरिनु परेको थियो ।

हसिना हाल भारतमा शरण लिएर बसेकी छिन् । बीबीसीका अनुसार, उनीविरुद्ध चलिरहेको मुद्दामा एउटा अडियो क्लिप बाहिरिएको छ, जसमा कथित रूपमा उनले सुरक्षा बलहरूलाई प्रदर्शनकारीहरूमाथि ‘घातक हतियारहरूको प्रयोग’ गर्न आदेश दिएको सुनिन्छ ।

यद्यपि, हसिनाले यी आरोपहरू अस्वीकार गरेकी छिन् । गत वर्ष भएको यस हिंसामा करिब १,४०० मानिसको मृत्यु भएको थियो । यसलाई सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भयानक हिंसा मानिन्छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस