२०८२ अषाढ २२, आईतबार

चेक बाउन्सको कसुरमा पक्राउ परेको ठेकेदार भेटवाल एक सातामै छुटे

चेक बाउन्सको कसुरमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको एक सातामै रिहा भएका छन् ।
चेक बाउन्सको कसुरमा पक्राउ परेको ठेकेदार भेटवाल एक सातामै छुटे

२२ असार काठमाडौं / चेक बाउन्सको कसुरमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको एक सातामै रिहा भएका छन् । असार १३ गते पक्राउ परेका भेटवाल अदालतले थुनामा राखेर अनुसन्धान गर्न थप म्याद नदिएपछि असार १९ गते थुनामुक्त भएका हुन् ।

उनीमाथि अनुसन्धान गर्न पहिलोपटक काठमाडौं जिल्ला अदालतले प्रहरीलाई पाँच दिनको म्याद दिएको थियो । तर, दोस्रोपटक प्रहरीलाई म्याद नदिएपनि उनी थुनामुक्त भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी अपिल बोहराका अनुसार, स्वास्थ्यको कारण देखाउँदै अदालतले दोस्रोपटक म्याद थप नगरेको हो । भेटवाल दमको गम्भीर बिरामी भएको खुलेको छ । करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा उनी पक्राउ परेका थिए । उनीविरुद्ध राजकुमार बरालले प्रहरीमा जाहेरी दिएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस