२०८२ अषाढ २४, मंगलबार

धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला

धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ ।
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला

२४ असार मकवानपुर / धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो ।

शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए । शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाई छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस