८ वैशाख, काठमाडौं /बूढानीलकण्ठ नगरपालिका–३ चपली घुम्तीस्थित झाडीमा एक युवकको शव भेटिएको छ ।
अन्दाजी ३० वर्ष जतिका युवकको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । उक्त शवको हालसम्म शवको सनाखत हुन सकेको छैन । घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।