२०८२ अषाढ १७, मंगलबार

कालीगण्डकीमा बेपत्ता किशोरको शव फेला

तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ६, सोमबार
कालीगण्डकीमा बेपत्ता किशोरको शव फेला

५ जेठ काठमाडौँ / म्याग्दी म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ ।

घुमाउने तालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए। गोताखोर टोलीले करिब १५ फिट गहिराइबाट मल्लको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिए ।

बेपत्ता किशोर खोज्नका लागि सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट आएको प्रहरी निरीक्षकको नेतत्वमा चार जना गोताखोर र पाँच जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस