२०८२ अषाढ १८, बुधबार

बसद्वारा चार पैदल यात्रुलाई ठक्कर, २ जनाको मृत्यु

बसद्वारा चार पैदल यात्रुलाई ठक्कर, २ जनाको मृत्यु

मकवानपुर , जेष्ठ १२ || चार पैदल यात्रुलाई बसले ठक्कर दिदा २ जनाको ज्यान गयो २ को अवस्था गम्भीर त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं ३ पालुङ बजार बाट घर फर्कदै गरेका पैदल यात्रुलाई २ जनाको ज्यान गएको छ भने २ जनाको अबस्था गम्भीर रहेको छ ।

घर्ती खोलाबाट चित्लाङ जादै गरेको बा ३ ख ५९९० नम्बरको यात्रु बाहक बसले ठक्कर दिदा थाहा नगरपालिका बस्ने कृष्ण बलामी र लोकेन्द्र ठाकुरको ज्यान गएको हो । गम्भीर घाइते २ जनालाई थप उपचारको लागि काठमाडौ लगिएको प्रहरीले बताएको छ ।

अयन्त्रीत भै आएको यात्रु बाहक बसले हिडिरहेको यात्रुलाई ठक्कर दिदै निजि घरमा समेत ठक्कर दिन पुगेको छ । निजि घर थाहा नगरपालिकाका उप प्रमुख भरत गोपालीको हो । उप प्रमुख गोपालीको घर र पसल गोदाम समेत क्षेती भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस