२०८२ मंसिर १६, सोमबार

ब्याजदर

केन्द्रीय बैंकद्धरा ब्याजदर घटाउँदै

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकद्धरा ब्याजदर घटाउँदै

१५ मंसिर,काठमाण्डौं /  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले ब्याजदर घटाउँदै व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको हो । बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट १ करोड रुपैयाँ पुर्याएको छ ।

राष्ट्र बैंकले ब्याजदरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै, नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ। निक्षेप सङ्कलन दर भने २.७५ प्रतिशतमा यथावत राखिएको छ। समीक्षामा ब्याजदरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ ।

बैंकहरूले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको भन्दा कम्तीमा १ प्रतिशत कम गर्नुपर्ने व्यवस्था खारेज गरेका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस