३० जेठ काठमाडौ / नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे आइतबार बस्ने गरी बैठक तय भएको जानकारी दिए ।
उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । पौडैलले पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थिति हुन भनेका छन् ।