२०८२ माघ ३, शुक्रबार

देउवा पक्षका नेता–कार्यकर्ताहरु

निर्वाचन आयोगमा कांग्रेस नेता कार्यकर्ताको भीड

देउवा पक्षका नेता–कार्यकर्ताहरु आज निर्वाचन आयोगमा पुगेका छन् ।
निर्वाचन आयोगमा कांग्रेस नेता कार्यकर्ताको भीड

माघ २, काठमाडौँ / देउवा पक्षका नेता–कार्यकर्ताहरु आज निर्वाचन आयोग पुगेका छन् । विशेष महाधिवेशनमार्फत् गगन थापा पार्टी सभापति चुनिएपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता–कार्यकर्ताहरुको टोली आयोग पुगेको हो । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गरेका छन्।

यसअघि बिहीबार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका हुन् । निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस