१४ जेठ, काठमाडौं / छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन् ।
सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन् । उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
यो उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो । यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ । कुल मृतक संख्या १२ पुगेको छ ।
भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै डा. बहलले बताए अनुसार हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ ।